icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

सरकारले गर्नुपर्ने काम नगरेकाे कारण बर्तमान व्यवस्था प्रती जनताको गुनासो: प्रकाश ज्वाला

अनिल नेपाली

Workplace

अर्घाखाँची – नेकपा एकीकृत समाजवादी उपाध्यक्ष तथा पुर्व मन्त्री प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले सरकारले गर्नुपर्ने काम नगरेकाे कारण बर्तमान व्यवस्था प्रती जनताको गुनासो बढेको बताएका छन् ।

एकीकृत समाजबादी अर्घाखाँचीकाे ८ ओै जिल्ला अधिवेशनकाे उद्घाटन गदै नेता ज्वालाले यस्तो बताएका हुन् । नेता ज्वालाले देशको अर्थतन्त्र अत्यन्त संकटपूर्ण अवस्थामा रहेको बेला वर्तमान सरकारले महँगी, भ्रष्टाचार, घूसखोरी र ढिलासुस्तीलाई बढावा दिएको बताउदै सरकार अपारदर्शी तरिकाले, अलोकतान्त्रिक तरिकाले अहिलेको सरकार बनेकोले देशमा भ्रष्टाचारका शृङ्खला बढेको भ्रष्टाचारको सुचीमा समेत गत सालमा भन्दा यश बर्ष सरकार अगाडि रहेकोले जनतामा अहिले निकै ठूलो आक्रोश छ ।

असन्तु्ष्टि  सडकमा जनता विभिन्न रुपले आन्दोलनमा आइरहेकै छन् ।

शिक्षकहरु आन्दोलनमा छन्, डाक्टरहरु आन्दोलनमा छन्, नर्सहरु आन्दोलनमा छन् । सरकारमा भएभन्दा बाहिरका पार्टीहरु प्रायः सबै सडकमै छन् ।

यो परिस्थितिमा हामीले एकातिर देशको राष्ट्रिय एकतालाई सुदृढ गर्नुछ । राजनीतिक परिवर्तन जे भएका छन्, तिनको रक्षा पनि गर्नुछ ।

अझ अगाडि बढेर यसको परिमार्जन, विकसित गरेर एकीकृत समाजबादीलाई जनताकाे पार्टी बनाउनका लागि कार्यकर्ता सगठित गरेर एकीकृत गनुपर्ने बताउदै जनता परिवर्तनकाे पक्षमा विकासकाे पक्षमा समृद्धिकाे पक्षमा लागेर व्यवस्था विराेधी र परिवर्तन विराेधी तत्वलाई निरूत्साहीत गनुपर्ने बताएका छन् एक फरक प्रसगमा नेता ज्वालाले बिदाेहबाट जन्मिएको पार्टी एकीकृत समाजबादी पार्टी भएकोले यसले जनताको पक्षमा उल्लेखनीय काम गरेर जनतालाई अन्य पार्टी भन्दा फरकपना आफ्नो पार्टीले देखाउनुपर्ने आफ्नो पार्टीका बारेमा जनताले कुनै प्रश्न चिन्ह उठाउन नसक्ने गरि काम गनुपर्ने बताएका छन् मनमाेहन अधिकारी लगायतका नेताहरूकाे त्याग र प्रेरणालाई सबैले आत्मसात गरेर देशकाे विकासको पक्षमा पार्टीलाई गठित गरेर सपना पूरा गनुपर्ने बताएका छन् ।

कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज माननीय सभासद भेटमणी चाैधरी एमाले अध्यक्ष केपी ओली भ्रष्टाचारका धेरै कान्डमा जाेडिएकाले केपि ओली माथि निष्पक्ष छानवीन गनुपर्ने बताउदै भुटानी शरणार्थी काण्ड गिरिबन्धु टि स्टेट लगायतका घटनाको निष्पक्ष छानवीन गनुपर्ने बताएका थिए।

कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्वर सारू केन्द्रीय सदस्य तथा सह ईन्चार्ज सुशील भट्टराई निर्वाचन आयोग सदस्य कृष्ण ब रायमाझी प्रदेश कमिटी अध्यक्ष माेति श्रीपाली लेखा आयोग केन्द्रीय सदस्य पवित्रा बेल्बासे नेपाली कागेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी माओवादी केन्द्र केन्द्रीय सदस्य तथा सह ईन्चार्ज छमकुमारी खनाल चिनारी रास्वपाका जिल्ला सभापति हरि भुसाल , राष्ट्रिय जनमाेर्चाका अध्यक्ष थम्मन केसि , त्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला सयाेजक राजेन्द्र नेपाली नेपाल कम्युनिस्ट पार्टीका ईन्चार्ज खेम सि समाजबादी प्रेस सगठका केन्द्रीय उपाध्यक्ष हृदय भुसाल पत्रकार महासघका सचिव लक्ष्मण घिमिरे लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियोे कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष राम ब चाैहानकाे अध्यक्षता सचिव युवराज पाैडेलकाे सञ्चालन उपसचिव नारायण शर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा उच्च याेगदान पुर्‍याएका सम्मान गरिएको थियोे भने विभिन्न पार्टी परित्याग गरि समाजबादीमा प्रवेश दर्जनौं लाई स्वागत गरिएको थियोे कार्यक्रममा पार्टीका केन्द्र प्रदेश जिल्ला तहका नेता कार्यकर्ता प्रतिनिधि प्रर्यबेक्षक लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद ()
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?