एम्बुलेन्सले जथाभावी भाडा असुल्ने कारबाही गरिने

समाचार सारांश
Auto Generated by AI
  • उदयपुरमा एम्बुलेन्सले जथाभावी भाडा असुल्ने समस्या रोक्न नयाँ भाडादर कायम गरिएको छ।
  • बिरामी बोक्दा अब अनिवार्य रूपमा बिल र रसिद दिनुपर्ने व्यवस्था लागू गरिएको छ।
  • तोकिएको भन्दा बढी भाडा असुल्ने एम्बुलेन्सलाई कडा कारबाही गरिने भएको छ।

काठमाडौं।एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ।

Workplace

बिहीबार बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लामा सञ्चालित एम्बुलेन्सका लागि एउटै भाडादर लागू गर्ने निर्णय गरेको हो।

- Advertisement -Workplace

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले सडकको अवस्था, बढ्दो महँगी र नागरिकको गुनासोलाई समेत ध्यानमा राख्दै नयाँ भाडादर निर्धारण गरेको हो। समितिले बिरामी बोकेबापत एम्बुलेन्सले अनिवार्य रूपमा बिल तथा रसिद उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको छ।

स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार जिल्लामा सञ्चालन हुने एम्बुलेन्सका लागि नयाँ भाडादर निर्धारण गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने उनले बताए।

सिडिओ अध्यक्ष रहने समितिको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न गन्तव्यका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरेको हो। सदरमुकाम गाईघाटस्थित उदयपुर अस्पताल र कटारीस्थित प्रादेशिक अस्पताललाई केन्द्र मानेर गन्तव्यको दूरीअनुसार भाडादर तोकिएको छ।

नयाँ भाडादरअनुसार गाईघाटबाट धरान, इटहरी र विराटनगर जान ६ हजार रुपैयाँ, राजविराज जान ४ हजार, जनकपुर ७ हजार र काठमाडौं जान १७ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?