अर्घाखाँचीमा नक्कली भारतीय नोटसहित एक जना पक्राउ

 

Workplace

अर्घाखाँची – अर्घाखाँचीको शितगंगाबाट नक्कली भारतीय नोटसहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाल्पा, रैनादेवी छहरा गाउँपालिका–४ घर भई हाल शितगंगा–१ बस्ने यान बहादुर बस्नेत क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले शितगंगा नगरपालिका–१२, ठुलो ढोंडेनीबाट शंकास्पद रूपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा ९ थान नक्कली भारतीय नोट फेला पारेको थियो। सूचना अधिकारी जगन्नाथ मरासिनीका अनुसार पक्राउ परेका क्षेत्रीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?