भारतको नोइडा स्थित शारदा विश्वविद्यालयमा नेपाली नयाँ वर्ष २०८२ को भव्य उत्सव सम्पन्न

नयाँ दिल्ली – छिमेकी राष्ट्र भारतको नोइडा स्थित शारदा   विश्वविद्यालयको नेपाली विद्यार्थी समुदाय (NCSU) द्वारा आयोजित वार्षिक नेपाली नयाँ वर्ष समारोह २०८२ भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम शारदा विश्वविद्यालय क्याम्पसस्थित आनन्द स्वरूप अडिटोरियममा सम्पन्न भएको थियो।

Workplace

उक्त विशेष कार्यक्रममा  अतिथिका रूपमा पतञ्जली, दिल्लीस्थित हम्रो स्वाभिमान ट्रस्टका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो भने नेपाल दूतावासबाट सुरेन्द्र थापा र गोगुल बस्नेतजस्ता विशिष्ट अतिथिका रुपमा  सहभागीता रहेको  थिए।

भारत स्थित  नेपाली दूतावासका  प्रतिनिधि गोकुल बस्नेत र सुरेन्द्र थापा

कार्यक्रममा परम्परागत नेपाली संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतिहरू, र नेपाली पोसाकमा उपस्थित सबै हेर्दा नेपाली पन झलकिएको थियो  नयाँ वर्षको उत्सव झल्काउने विविध गतिविधिहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको समन्वय तथा नेतृत्व NCSU अध्यक्ष श्रिष्टि कार्कीले गरेकी थिइन्। उनको सक्रियतामा आयोजना सफल र प्रभावशाली बन्न पुगेको थियो। कार्यक्रममा उनले अतिथि तथा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा  पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिन्।

उक्त कार्यक्रमले  नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाएको आयोजकको विश्वास रहेको छ। नेपाली समुदाय र विश्वविद्यालय प्रशासनबीचको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीबीचको एकता र विविधता झल्काएको थियो ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?