icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, परिवारको जिम्मा दिने तयारी

काठमाडौं । माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा भएको छ। प्रहरीले गरेको स्वास्थ्य परीक्षणका क्रममा भुसालले गाँजा सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले  जानकारी दिएका छ्न ।

Workplace

भट्टराईका अनुसार भुसाललाई सुधार केन्द्र (रिह्याब सेन्टर) मा राख्ने कि परिवारको सर्तमा परिवारको जिम्मा लगाउने भने तयारी भइरहेको छ।

गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेका थिए। यस्ता अवस्थामा कानुनी व्यवस्था अनुसार उपचारका लागि पठाउने प्रावधान रहेकाले उनलाई पुनः रिह्याबमा पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ।

भुसाललाई गत वर्ष प्रहरी वृत्त सिंहदरबारमा डीएसपी पदमा कार्यरत रहँदा सिंहदरबार प्रहरीले पक्राउ गरेको थियो।

आज जेनजी आन्दोलनको समर्थनमा माइतीघर पुगेका भुसालसहित ४४ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार, केही समूहले आजको प्रदर्शन फिर्ता गरेको भए पनि माइतीघर क्षेत्रमा पुगेकाहरूले नाराबाजी गरेपछि नियन्त्रणमा लिइएको हो।

नेपाल खोज खबरलाइ प्राप्त जानकारी अनुसार पक्राउ परेकाहरूको क्रिमिनल ट्रयाक रेकर्ड हेरेर तथा स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?