देशभर मौसममा हल्का परिवर्तन, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

Workplace

महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली वा सफा मौसम छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ, जसले दैनिक जनजीवनमा आंशिक प्रभाव पार्ने सम्भावना छ।

आज दिउँसो:
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली वा सफा मौसम रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ भने उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

आज राति:
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम खुल्नेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

सतर्कता:
विशेषगरी बिहान तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?