काठमाडौं, — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र र बाहिर फैलिएको भ्रमलाई चिर्दै, गम्भीर आत्मसमीक्षा र सुदृढ पुनर्गठनमार्फत पार्टीलाई एजेन्डा केन्द्रित बहसतर्फ फर्कन आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत चार बुँदे अपिल सार्वजनिक गर्दै शर्माले विगत दुई वर्षदेखि माओवादी फुट्छ भन्ने जस्ता प्रचारमार्फत कार्यकर्ता र जनतामाझ निराशा फैलाउने ‘भ्रमको खेती’ बन्द गर्न चेतावनी दिएका हुन्। उनले भने, “पार्टीबारे उठेका भ्रमहरू गहिरो रूपमा बुझ्न जरुरी छ। भावनात्मक आवेग र आशङ्काले होइन, तर्क, विश्लेषण र दृष्टिकोणले मात्र समाधान सम्भव छ।”
विशेष महाधिवेशन र पुनर्गठनको आवश्यकतामा जोड शर्माले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता र विधिविहीनतालाई अन्त्य गर्दै नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्न विशेष महाधिवेशनमार्फत व्यापक पुनर्गठन आवश्यक रहेको औंल्याए। उनले गत वर्ष विभिन्न प्रदेशस्तरीय परामर्श तथा केन्द्रीय समितिको निर्णयअनुसार यही मङ्सिरभित्र विशेष महाधिवेशन गर्ने तयारी भएको जानकारीसमेत दिए।
“अब पार्टीभित्र ‘एजेन्डा केन्द्रित बहस’ आवश्यक छ,” शर्माको भनाइ थियो। “हामीले उठाएका राष्ट्रिय योजना र अभियानहरू — हुलाकी राजमार्ग होस् वा पुष्पलाल (मध्यपहाडी) राजमार्ग — ती सबैलाई रणनीतिक आत्मसमीक्षा गरेर नयाँ उचाइमा पुर्याउने समय आएको छ।”
संविधान, अर्थतन्त्र र राजनीतिक संरचना परिवर्तनको प्रस्ताव शर्माले नेपाल गम्भीर संकटको संघारमा रहेको बताउँदै यसको समाधानका लागि संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठनलाई अपरिहार्य तीन खम्बाका रूपमा प्रस्तुत गरेका छन्।
“संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई कार्यान्वयनमा लैजान आवश्यक नीति र संरचना परिवर्तन अपरिहार्य छ। उत्पादन, वितरण र समावेशी विकासमा आधारित नीतिहरू ल्याएर आत्मनिर्भर समाज निर्माण गर्नुपर्छ,” उनले लेखेका छ्न ।
उनका अनुसार वर्तमानको आर्थिक संकट, उत्पादन र रोजगारीको अभाव तथा सामाजिक असमानता हटाउन समाजवादी अर्थतन्त्रप्रति प्रतिबद्ध सरकार र पार्टी आवश्यक छ। उनले शासनप्रणाली, निर्वाचन प्रणाली, पहिचानको सवाल र आर्थिक क्षेत्रको पुनर्संरचनाजस्ता विषयमा राष्ट्रिय बहस र एकताको खाँचो रहेकोसमेत उल्लेख गरेका छ्न ।
कुशासन, भ्रष्टाचार र निराशाविरुद्ध सचेत हुन जोड शर्माले देशमा कुशासन, भ्रष्टाचारको वृद्धि, कानुन निर्माणमा चलखेल, तथा जनतासँग सरोकार राख्ने मुद्दाप्रति राज्यको बेवास्ताले गम्भीर निराशा फैलिएको बताए। यस्ता समस्याहरूको पहिचान नगरी परिवर्तन सम्भव नहुने भन्दै उनले त्यसतर्फ समग्र पार्टी, सरकार र जनसमुदायको ध्यान जानुपर्ने धारणा समेत राखेका थिए पोछिल्लो दिनमा प्रचण्ड पथ र जनार्दन बिच सम्बन्धमा चिस्यान पसेको छ पार्टी बिभाजन हुने हल्ला समेत ब्यापक हुने गर्छ इ दुबै नेता सचेत नहुने हो भने माओवादी बाट पुन जनार्दन गुट अल्क हुने निश्चित देखन सकिन्छ अब प्रचण्डले कस्तो निर्णय गर्छन् र र कसरी मिलाएर लान्छ्न त्यो समय लाई प्रखनु प्रने हुन्छ ।
