देशभरि मौसम सामान्य: उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

 

Workplace

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाले जारी गरेको पछिल्लो विवरणअनुसार, अहिले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ। साथै, कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पर्ने सम्भावना कायम छ।

महाशाखाले आगामी २४ घण्टाका लागि कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने जनाएको छ।

यसैगरी, बिहानीपख तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना छ। महाशाखाले सम्भावित असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?