मलेसियाको क्वालालम्पुरमा मेगा कारबाही, ४७२ विदेशी नागरिक प`क्रा`उ, धेरै संख्यामा नेपाली परेको आशंका

समाचार सारांश
Auto Generated by AI
  • मलेसियाको क्वालालम्पुरमा गरिएको विशेष अभियानमा ४७२ विदेशी नागरिक पक्राउ परेका छन्।
  • अवैध व्यवसाय र विदेशीको भीडभाडबारे गुनासो आएपछि सो कारबाही गरिएको हो।
  • पक्राउ परेकामध्ये नेपालीको संख्या हुन सक्ने भए पनि आधिकारिक विवरण आउन बाँकी छ।

क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुरमा आइतबार सञ्चालन गरिएको एकीकृत मेगा प्रवर्तन अभियान (Op Mega) का क्रममा विभिन्न अध्यागमनसम्बन्धी कसुरमा ४७२ जना विदेशी नागरिक पक्राउ परेका छन्।

Workplace

 

अभियानका क्रममा करिब २,५०० विदेशी नागरिकको जाँच गरिएको थियो। सो क्षेत्रमा ठूलो संख्यामा विदेशी नागरिकको उपस्थिति तथा अवैध रूपमा सञ्चालन भइरहेको आशंका गरिएका व्यवसायिक प्रतिष्ठानबारे प्राप्त उजुरीपछि बिहान ११ बजेदेखि कारबाही सुरु गरिएको हो।

उक्त क्षेत्रमा नेपाली श्रमिक तथा व्यवसायीको समेत उल्लेख्य उपस्थिति रहेकाले पक्राउ परेकामध्ये नेपाली नागरिक पनि ठूलो संख्यामा परेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, हालसम्म मलेसियाली अध्यागमन विभागले पक्राउ परेका ४७२ जनाको राष्ट्रियता अनुसारको विवरण सार्वजनिक गरेको छैन।

पक्राउ परेका नेपाली नागरिकको वास्तविक संख्या भने सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक भएपछि मात्र स्पष्ट हुनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?