icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

आज मिति २०८१ चैत २६ गते मंगलबार आजको राशीफल

 

Workplace

मेष : दिन सामान्य राम्रो छ । आफू खुशी भएर हिड्ने क्षमता बढ्नेछ । विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुनेछ । अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन सामान्य छ । बौद्धिक साथीसँगको टकराबले घाटा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । खानपानमा भने रुची घट्नेछ । शिक्षा क्षेत्रको नतिजाका लागि धैर्य बन्नुपर्नेछ । आम्दानीका दृष्टिले व्यापारको क्षेत्र सफल देखिन्छ ।

मिथुन : सञ्चित धन खर्च हुनेछ । लगानीमा सहकार्य भए फाइदा हुनेछ । व्यापारमा नाफा कमाउने योग छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । बिहान धार्मिक कार्यमा सहभागी भएर भाग्य चम्काउने अवसर मिल्नेछ ।

कर्कट : दिन सहज छ । बोलीमा नम्रताको खाँचो देखिन्छ । तपाईंको बोलीका कारण साथीभाइ टाढा पुग्ने जोखिम छ । व्यापारमा लगानी गरेको भए नाफा हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।

सिंह : पूर्ण चन्द्रमा तपाईंको राशिमा पुगेकाले मन खुशी हुनेछ । लगानीका क्षेत्र सबल छन् । स्वास्थ्यमा सुधार हुनेछ । दाम्पत्य जीवनमा विश्वास गर्दा अप्ठेरो पर्ने भएकाले सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

कन्या : मन अशान्त बन्नेछ । राजनीतिक क्षेत्रमा साथीहरुले घेराबन्दी गर्ने जोखिम छ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ । साथीभाइसँग सहकार्य भएमा काम बन्नेछ ।

तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ । राजनीतिबाट टाढै रहनु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । सानो कुराले मनमा झन्झट आइपर्ने खतरा छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ । बौद्धिक क्षेत्रका व्यक्तिसँग झुकाव राख्न सके दिन सहज बन्नेछ ।

धनु : व्यवहारिक समस्याको समाधान हुने दिन छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रका साथीले सेवाका अवसर प्रदान गर्नेछन् । परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ ।

मकर : धन खर्च हुने दिन छ । काम गर्दा तीन पटक सोच्नुपर्ने हुनसक्छ । छलफलमा अरुको कुरा सुनेर मात्र आफ्नो धारणा राख्नु राम्रो हुनेछ । तपाईंले आफ्नो सोचेको मान्छेले विरोध गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । व्यवहार सहज बन्नेछ । सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन प्रशन्न बन्नेछ । धार्मिक क्षेत्रको अवलोकन गर्ने अवसर मिल्नेछ ।

मीन : ग्रह प्रतिकुल रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । राम्रो कुरा बोले पनि साथीहरुले गलत व्याख्या गर्ने जोखिम छ । शिक्षाको क्षेत्रमा धैर्य धारण गर्नुपर्ने हुनेछ । पठनपाठनमा आलस्य बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?