प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते हुने

 

Workplace

काठमाडौं । प्रतिनिधि सभाको फागुन ४ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते तय भएको जानकारी गराउनुभयो।

सभामुख घिमिरेका अनुसार यसअघि नै समूह विभाजन भइसकेको छ, जसअनुसार समूह ८ मा रहेका सांसदहरूले फागुन महिनामा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनेछन्। नियमावलीको नियम ५८ अनुसार सांसदहरूले माघ ३० गते साँझ ४ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा प्रश्न पेश गर्नुपर्नेछ।

यसबाहेक, सभामुखले संघीय संसदको बैठक नचलेका दिनमा विषयगत समितिहरूको काम कारबाही अघि बढाउन सभापति तथा सदस्यहरूलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?