बैतडीमा जीप दुर्घटना: दुईको मृत्यु, चार गम्भीर घाइते

बैतडी – बैतडीको सिगास गाउँपालिका–१ माडौमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

Workplace

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, शनिबार बिहान ४ बजे सुदूरपश्चिम प्रदेश-०१–००१च ४०२८ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ की १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। एक यात्रुले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार   जीप सहचालकले सवारी चलाएको पुष्टि भएको छ। दुर्घटना भएको जीपमा विवाहको भोज खाएर फर्किँदै गरेका निम्ता हरु सवार रहेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान तथा घाइतेको उद्धारका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा २० जना प्रहरी खटिएका प्रहरीलेले जनाएको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?