
- उद्योगमन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएकी छिन्।
- ग्यास अभाव हटाउन असफल भएको र कर्मचारीबाट असहयोग भएको उनको गुनासो छ।
- यादवको पछिल्लो अभिव्यक्तिलाई लिएर संघीय संसद्मा पनि प्रश्न उठेको थियो।
काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।

बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्।

साथै उनले कर्मचारीहरूले पनि आफूलाई सहयोग नगरेको भन्दै बैठकमा बोलेकी थिइन्।
यादवको अभिव्यक्तिलाई लिएर संघीय संसद्को दुवै सदनमा प्रश्नसमेत उठेको छ।
