प्रतिनिधि सभा बैठक : विनाशकारी बाढीप्रति दु:ख व्यक्त गर्दै विशेष प्रस्ताव पारित

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधि सभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
  • रसुवा लगायतका जिल्लामा बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति संसद्ले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ।
  • घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितहरूको उचित व्यवस्थापन र पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

Workplace

सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।

प्रस्तावमा उल्लेख भएअनुसार बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट लगायतका क्षेत्रमा निकै ठुलो विध्वंस मच्चाएको छ।

यस क्रममा धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् भने ठुलो संख्यामा मानिसहरूको मृत्यु भएको छ। प्रतिनिधि सभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?