नेपाली लाई भुटानी शरणार्थी बनाएर बेच्नेलाई फाँसी दिनुपर्छः भीम रावल

काठमाडौ – पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नेलाई कानुन संशोधन गरी फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।

Workplace

शनिबार दिपालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर नेपाली पठाउने काम भएको उनले बताए ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको सो प्रकरणमा संलग्नता हुनसक्ने उनको आशंका छ ।

प्रधानमन्त्री ओलीसँग मानव तस्करीको आरोपमा मुछिएका. कोशी प्रदेशका निर्वतमान मन्त्री लिलाबल्लभ अधिकारीको निकट सम्बन्ध रहेको उनले बताए ।

समाजमा भन्नै नहुने आरोप लागेर हिँडिरहेका नेताहरुलाई ओलीले नदेखेझैं गर्नेगरेको नेता रावलको आरोप छ । ओलीले सबैतिर उट्पट्याङ काम गरिरहेको उनले बताए ।

झापामा ओरिपरी सुकुम्बासी वस्ती रहेको बीचमा ओलीले १८ तले भ्यू टावर बनाइदिएको उनले बताए । ओलीलाई उनले सामन्ति शासकको संज्ञा दिए ।

त्यस्तै, नेता रावलले सरकारले पछिल्लो गलत मनशाय राखेर अध्यादेशमार्फत कानुन संशोधन गरेको उनको आरोप छ । अध्यादेशमार्फत वन जंगल क्षेत्र व्यक्तिलाई दिने कानुन बनाइएको उनले बताए हुन ।
प्रधानमन्त्री ओलीमा प्रवृत्ति गर्छु भनेको काम नगर्ने र गर्दिनँ भनेको काम गर्ने प्रवृत्ति रहेको उनको टिप्पणी छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?