धनुषाको ढल्केबरमा बस दुर्घटना: ३० भन्दा बढी घाइते, ६ जनाको अवस्था गम्भीर

 

Workplace

धनुषा  – धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा शुक्रवार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

- Advertisement -Workplace

जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस शुक्रवार बिहान ९ बजे दुर्घटनाग्रस्त भएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार घाइते यात्रुहरूको उद्धार गरी विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका करिब ६ जनालाई गम्भीर चोट लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ। घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभएको छ।

दुर्घटना भएको बस

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?