प्रेम सुनार गुल्मी – चन्द्रकोटको गुुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको कोे छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।

यस पटक पनि प्रथम हुन सफल ज्ञानोदय नमुना माध्यामिक बिद्यालय मजुवा सहभागि टिमलाई त्यस गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले समाजिक सञ्जाल मार्फत बधाई दिएएका छन ।
द्वितीय हुने उदय नमुना माध्यामिक बिद्यालय शान्तिपुर साथै निरन्तर परिणाम सुधार गर्दै तेस्रो हुने शारदा माध्यामिक बिद्यालय सराङ, चौथो हुन सफल ग्वाघा माध्यामिक बिद्यालय सहित नतिजा सुधारको लागी हर्राचौरमाध्यामिक बिद्यालय , सरस्वती माध्यामिक बिद्यालय वलिबाङ सहित सबै बिधालयहरुलाई हार्दिक बधाई ।
प्रतियोगिता सफल बनाउन निरन्तर क्रियाशील सबैमा हार्दिक आभार ब्यक्त गर्दछु उनले यस्तो सामाजिक संजालमा लेखेका छन ।
१८ स्वर्ण , ७ रजत र ५ काश्य सहित कुल ३० पदक लिएर ज्ञानोदय माध्यामिक बिद्यालय मजुवा प्रथम भएको हो । त्यस्तै उदय माध्यामिक बिद्यालय शान्तिपुर १७ स्वर्ण , ६ रजत र ८ काश्य सहित कुल ३१ पदक लिएर दृतिय भएको हो ।
शारदा माध्यामिक बिद्यालय सारङ्ग ६ स्वर्ण , २ रजत र ४ काश्य सहित कुल १२ पदक लिएर तृृतिय भएको हो । त्यस्तै ग्वाघामाध्यामिक बिद्यालय ग्वाघा ४ स्वर्ण, ३ रजत र ३ काश्य सहित कुल १० पदक जितेर सन्तवाना पुरस्कार हाता परेको छ ।
विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख द्रोणबहादृर खत्री, गाउँपालिका अध्यक्ष खत्री क्षेत्री, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी त्यस पालिकाका प्रबक्ता तथा वडाध्यक्ष घनश्याम खरेल, प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल लगायतले शिल्ड, मेडल , प्रमाण पत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
……………………………………………………………
गुल्मी, माघ १८स् राष्ट्रिय जनमोर्चा गुल्मीको कालिगण्डकी गाउँपालिकामा केन्द्रिय सदस्य सहित ७० जना नेता ,कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन। केन्द्रिय सदस्य भिमबहादुर तरामु मगर, दर्जनौ प्रदेश र जिल्ला कमिटी सहित ७० जना राष्ट्रिय जनमोर्चाका नेता ,कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन।
शुक्रबार कालिगण्डकी गाउँपालिका ६ खडककोट स्थित एक समारोहका बिच नेता तरामु लगायतका नेता कार्यकर्ताहरुले माओवादी केन्द्र पार्टी बाटै नेपाली जनताले गरेको परिवर्तनको अपेक्षा पुरा हुने ठहर गरेको भन्दै ७० जना निकै पुराना नेता कार्यकर्ताहरुले राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी नेकपा माओवादी पार्टी प्रवेश गरेको घोषणा गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्व मन्त्री सुदर्शन बरालले पार्टीमा स्वागत गर्दै देशैभर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुदले माओवादी केन्द्र रोज्दै प्रवेशको लहर चलेको बताएका थिए ।
परिवर्तनका लागि माओवादी केन्द्रले गर्दै आएको राजनैतिक संघर्षलाई क्रमशः नेपाली जनताले बुझ्दै आएको र थप बुझ्दै जाने नेता बरालको कथन थियो । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य लिलबहादु क्षेत्रीले , जिल्ला सदस्य अर्जुन ढकालले पनि स्वागत मन्तब्य राखेका थिए।
