शंकर पोख्रेलको प्रचण्ड लाई प्रसन्न ३२ सिटे प्राकृतिक हुने, तर जनताले रोजेका २७५ सिट सांसद भएको पार्टीहरूले सरकारको नेतृत्व गर्दा अप्राकृतिक हुने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आशा सञ्चार गरेको दाबी गरेका छन्।

Workplace

राष्ट्रिय युवा संघको कार्यकर्ता भेलामा बोल्दै पोखरेलले देशलाई संकटबाट निकाल्ने ओली सरकारको प्रयासलाई केही तत्वले सहन नसकेको आरोप लगाए। उनले भने, “देशलाई सही बाटोमा ल्याउने बेला अस्थिरतामा रमाउने र नेपाललाई अस्थिरताको दलदलमा फसाउन खोज्नेहरु अहिले सक्रिय छन्। ती तत्वहरूले एमाले र यसको नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमणको प्रयास गरिरहेका छन्।”

महासचिव पोखरेलले जनताको मतले ठूलो पार्टी बनेका एमाले र कांग्रेसको सहकार्यलाई स्वाभाविक भने। उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, “२७५ सिट भएको संसदमा ३२ सिट भएको माओवादीको सरकार प्राकृतिक हुने, तर जनताले रोजेका पार्टीहरूले सरकारको नेतृत्व गर्दा अप्राकृतिक हुने? यो सत्ता गुमाउँदाको छटपटीबाहेक केही होइन।”

प्रचण्डले कांग्रेस–एमालेको सहकार्यलाई ‘अप्राकृतिक’ भनेका टिप्पणीलाई उनले खारेज गर्दै, “प्रचण्ड अहिले सत्ता गुमाएर विचलित भएका छन्। उनले फेरि समाजमा अराजकता फैलाउन सकिन्छ कि भनेर एमालेविरुद्ध षड्यन्त्र गरिरहेका छन्,” भने।

पोखरेलले साना दलहरूद्वारा ठूला दलहरूलाई निरन्तर अस्थिर पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । “नेपालमा धेरै राजनीतिक दल होइन, बलिया दल आवश्यक रहेको बताएका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?