आज मिति २०८२ साउन २ गते शुक्रबार आजको राशीफल

 

Workplace

मेष : धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ ।

बृष :पहिलो घरको चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतारमा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ

मिथुन : खर्च बढ्नेछ भने मानसिक चिन्ता देखिन सक्नेछ । सिर्जनात्मक एवं तार्किक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थितीसँग जुध्न सक्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने योग छ ।

कर्कट : पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । विरोधीहरु पराजित हुनेछन् । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ ।अनावश्यक खर्च बढ्न सक्नेछ ।

सिंह : कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल रहनेछ । पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

कन्या : परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ ।

तुला : स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ ।

वृश्चिक : तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरितलिंगीका साथीको लाखि खर्च बढ्नेछ । आफ्नो बोली र व्यवहारमा संयमता अपनाउनु होला । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ।

धनु : तपाईका विरोधीहरु पछि पर्नेछन् । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशील भएर कार्य गर्न कठिन हुने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ ।

मकर: सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ ।

कुम्भ : आफ्नो बोलीका कारण परिवारका सदस्यसँगको दुरी बढ्न सक्नेछ । धार्मिक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ।

मीन :आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवसायमा उतारचढावहरु देखिन सक्नेछन् । तर पनि जीवनसाथीको सहयोगले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?