देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • दिउँसो केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
  • तराईको मौसम मुख्यतया सफा रहने र पहाडी भेगमा आंशिक बदली हुनेछ।

काठमाडौ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

Workplace

जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

 

दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ।

देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?