नेपाल-भारत सुरक्षा बैठक: सीमा सुरक्षा र अवैध क्रियाकलाप नियन्त्रणमा समन्वय बढाउने निर्णय

बुटवल = पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल-भारत सुरक्षा बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा अतिक्रमण लगायतका मुद्दामा छलफल गरिएको थियो।

Workplace

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा सीमाक्षेत्रको अवैध गतिविधिहरु नियन्त्रण गर्ने उपायहरूमा गहिरो विचारविमर्श गरिएको छ। खासगरी, दशगजा क्षेत्रमा अवैध संरचनाहरु हटाउने र क्षेत्रको सफाइ तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको छ।

उक्त बैठकले मानव तस्करी, नक्कली मुद्रा, लागूऔषध र अवैध वन्यजन्तु तस्करीको नियन्त्रणका लागि दुवै देशका सुरक्षा बलबीच समन्वय र सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले संयुक्त गस्ती, हेल्थ डेस्क सञ्चालन र खेलकुद अभ्यासहरूको निरन्तरता सुनिश्चित गर्ने कुरा समेत रहने बताएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?