काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा

काठमाडौ –  काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा पर्नुभएकाे छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गर्नुभएकाे हाे ।

Workplace

आफूलाई कार्यालय प्रवेशमा बलपूर्वक अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको महानगरको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गएको चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाउनुभएको छ ।

पाण्डे निलम्बित भएपछि महानगरपालिकाले नगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?