विपद् व्यवस्थापनमा गृहमन्त्री लेखकको सक्रियता, भूकम्प प्रतिरोधी संरचना निर्माण तीव्र

काठमाडौं । मुलुकको विपद् प्रतिकार्य क्षमता विकासमा उल्लेखनीय प्रगति भएको गृहमन्त्री रमेश लेखकले बताएका छन्। २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले खोज, उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन प्रशिक्षित उद्धारकर्मी र सुरक्षा निकायको परिचालन प्रणालीलाई मजबुत बनाइएको जानकारी दिए।

Workplace

गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री भण्डारणलाई प्रभावकारी बनाउन देशभरका प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरणको तयारी भइरहेको बताए। उनले भूकम्प प्रतिरोधी संरचना निर्माण अभियानलाई थप प्रभावकारी बनाउँदै सरकारी, निजी, र गैरसरकारी क्षेत्रको सहकार्यमा पूर्वतयारी, प्रतिकार्य, र पुनःनिर्माण क्षमताको विकास गरिने उल्लेख गरे।

जाजरकोट भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई राहतस्वरूप रु ५० हजार सहयोग गर्ने अस्थायी आवास निर्माण मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिंदै उनले स्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पनि पारित भएको र क्षतिको आँकलन प्रक्रिया छिट्टै सुरु हुने बताए।

गृहमन्त्री लेखकले परम्परागत उपायहरूसँगै नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै विपद् व्यवस्थापनमा समुदायस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?