रसुवा बाढीपीडितका लागि विक्रम पाण्डेको एक करोड सहयोग

समाचार सारांश
Auto Generated by AI
  • राप्रपा नेता विक्रम पाण्डेले रसुवाका बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
  • उक्त रकम राहत, खाद्यान्न, औषधोपचार र पुनर्निर्माणका लागि खर्च गरिने भएको छ।
  • पाण्डेले विपद्को समयमा सबैलाई पीडितको सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्।

काठमाडौ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

Workplace

रसुवामा आएको भीषण बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेता पाण्डेले उक्त रकम सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।

बाढीबाट प्रभावित परिवारलाई तत्काल खाद्यान्न, अस्थायी आवास, औषधोपचार तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराउन लागिएको उनले बताए।

‘विपद्को यो कठिन घडीमा पीडित परिवारलाई साथ दिनु र उहाँहरूको घाउमा मलम लगाउनु हामी सबैको मानवीय कर्तव्य हो,’ पाण्डेले भनेका छन्।

उनले अन्य संघ-संस्था तथा व्यक्तिहरूलाई पनि रसुवाका बाढीपीडितको सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?