रसुवा बाढीपीडितका लागि विक्रम पाण्डेको एक करोड सहयोग

समाचार सारांश
Auto Generated by AI
  • राप्रपा नेता विक्रम पाण्डेले रसुवाका बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
  • उक्त रकम राहत, खाद्यान्न, औषधोपचार र पुनर्निर्माणका लागि खर्च गरिने भएको छ।
  • पाण्डेले विपद्को समयमा सबैलाई पीडितको सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्।

काठमाडौ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

Workplace

रसुवामा आएको भीषण बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेता पाण्डेले उक्त रकम सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।

- Advertisement -Workplace

बाढीबाट प्रभावित परिवारलाई तत्काल खाद्यान्न, अस्थायी आवास, औषधोपचार तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराउन लागिएको उनले बताए।

‘विपद्को यो कठिन घडीमा पीडित परिवारलाई साथ दिनु र उहाँहरूको घाउमा मलम लगाउनु हामी सबैको मानवीय कर्तव्य हो,’ पाण्डेले भनेका छन्।

उनले अन्य संघ-संस्था तथा व्यक्तिहरूलाई पनि रसुवाका बाढीपीडितको सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?