icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

काठमाडौँमा नक्कली छाप, प्रमाणपत्र र बैंक स्टेटमेन्ट बनाउने व्यक्ति पक्राउ

काठमाडौं,  – विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था र बैंकहरूको नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको प्रहरी निरीक्षकको टोलीले काठमाडौं महानगरपालिका–३, महाराजगञ्ज चोक नजिकबाट झापा धरमपुर स्थायी निवासी हाल काठमाडौं महानगरपालिका–१० मा बसोबास गर्दै आएका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो।

Workplace

खड्काको डेरा तलासी गर्दा TU, CTEVT, HSEB, NEB लगायत शैक्षिक संस्थाका नक्कली होलोग्रामहरू, विभिन्न सरकारी निकायहरू (मालपोत, नापी, नगरपालिका, वडा, प्रहरी, कर कार्यालय, जिल्ला अदालत) का रबर स्ट्याम्प, बैंक तथा वित्तीय संस्थाहरूका नक्कली स्टेटमेन्ट र लेटरप्याड, विभिन्न शैक्षिक संस्थाहरूका प्रमाणपत्रहरू, साथै प्रिन्टर २ थान, सीपीयू १ थान, स्क्यानर १ थान, रबर स्ट्याम्प बनाउने मेसिन १ थान र मोबाइल १ थान बरामद गरिएको प्रहरी निरीक्षकको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा खड्काले विगत दुई वर्षदेखि निजी पसलमार्फत यस्ता नक्कली सामग्री तयार गर्दै आएको खुलेको छ। उनले WhatsApp तथा Viber जस्ता सामाजिक सञ्जालमार्फत ग्राहकहरूसँग सम्पर्क गरी अर्डर लिने र नक्कली कागजात तयार पारेर वितरण गर्ने गरेको पुष्टि भएको छ।

उक्त कार्यलाई लिखतसम्बन्धी कसूर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। सम्मानित काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षकको टोलीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?