काठमाडौँ। आज मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६२।५०, दोस्रो वर्गमा १६४, र तेस्रो वर्गमा १६५ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५३।५०, दोस्रोमा १५५, र तेस्रो वर्गमा १५६ रुपैयाँ पुगेको छ।
नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको कारण नेपालमा पनि मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
उपभोक्ताहरूले मूल्य वृद्धिको असर दैनिक जीवनमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् भने सरकारी निकायले अन्तर्राष्ट्रिय बजारको मूल्य संरचनासँग जोडिएको बाध्यता औंल्याएको छ।
