आज मिति २०८२ पुस २३ गते बुधबार आजको राशीफल

🌻🌼🙏🙏

Workplace

मेष : रमाइलो यात्राको योग रहेको छ ।आज धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष : सानै प्रयाशले काममा सफलता मिल्नेछ ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

मिथुन : व्यापार व्यवसायमा लाभ हुनेछ ।आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

कर्कट : साथीभाइको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

सिंह : रोजगारीको नयाँ अवसर मिल्नेछ । आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।

कन्या : सामाजिक कामहरु सफल हुनेछन्। मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्यमा व्यवधान आइपर्ला र स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

तुला : सोचेको आटेको काममा सफलता मिल्नेछ ।आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

वृश्चिक : धार्मिक र सामाजिक काममा मन जानेछ। आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।

धनु : सामाजिक कार्यमा तत्परता रहनेछ । आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मकर : अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग धार्मिक यात्रा हुनसक्छ ।

कुम्भ : शत्रुहरु पराजित हुनेछन्। आज शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

मीन : रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?