पाणिनी गाउँपालिकामा १५ शैया अस्पताल निर्माण कार्य अन्तिम चरणमा

अविजित पन्थी  अर्घाखाँची । नेपाल सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पताल योजनाअन्तर्गत पाणिनी गाउँपालिकामा निर्माण भइरहेको १५ शैया अस्पतालको काम अन्तिम चरणमा पुगेको छ।

Workplace

सो अस्पताल निर्माण स्थलमा पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेल,प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, इन्जिनियर मोहराज पौडेलसहितको टोलीले आइतबार अनुगमन गरेको छ।

अनुगमन टोलीले हालसम्म सम्पन्न काम, बाँकी कार्य र गुणस्तरीय पक्षबारे निरीक्षण गरेको छ। अनुगमनको क्रममा उपाध्यक्ष नर्मदा गौतम पौडेलले अस्पताल निर्माण अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “यो अस्पताल सञ्चालनमा आएपछि पाणिनीका नागरिकले स्वास्थ्य सेवामा ठूलो सहजता पाउनुहुनेछ”

पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले यो अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिकलाई प्राथमिक स्वास्थ्य सेवाको पहुँच अझ नजिक र सहज हुने बताउनुभयो। स्थानीय तहको दायित्व नै नागरिकलाई आधारभूत सेवामा नजिक ल्याउनु महत्त्वपूर्ण रहेको जिकिर गर्नुभयो।

यसैबीच पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरी १५ शैयाको अस्पताल तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न माग गर्नुभएको छ। अध्यक्ष न्यौपानेले गाउँपालिका स्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रालयले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको हो।

गाउँपालिका टोलीले अस्पताललाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनबारे समेत सरोकारवालासँग छलफल गरिरहेको छ। स्थानीयवासीले पनि अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?