भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन शाह

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदै छन्।
  • भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न सम्झौता गरेका छन्।
  • उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्।

काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कंदै छन्।

Workplace

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह आज भ्रमण सम्पन्न गरी नेपाल फर्किन लागेका हुन्।

- Advertisement -Workplace

भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। स्थानीय समयअनुसार बिहान ११ बजे भएको भेटमा नेपाल–भारतबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

उच्चस्तरीय वार्तापछि दुई देशबीच विभिन्न सहयोग तथा परियोजनासम्बन्धी सम्झौता र शिलान्याससमेत भएको थियो। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

यसअघि आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए।

उक्त भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो।

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?