सडक दु`र्घ`टनाको भयावह तथ्यांक

काठमाडौ -विगत तीन वर्षमा औसतमा कुल सवारी दुर्घटनामध्ये ७३ प्रतिशत   मृ`त्यु  दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ।

Workplace

 

अधिकांश सवारी दु`र्घटना चालकको लापरबाहीसँग सम्बन्धित भएको पाइन्छ। तीव्र गति, मादक पदार्थ सेवन र सवारीचालक अनुमतिपत्र नलिईकनै सवारीसाधन चलाउनेहरू सङ्ख्या पनि उल्लेख्य छ। सडककै गुणस्तर र यान्त्रिक गडबडीका कारण पनि दुर्घटनाहरू भएका छन्।

काठमाडौ उपत्यका भित्र भएको गत वर्षको तथ्याङ्कलाई आधार मान्दा कुल ७,००० वटा दुर्घटनामा ४,५०० वटा लापरवाहीका कारण भएको देखिन्छ।

कुलमध्ये झन्डै दुईतिहाइ सवारी दुर्घटना दिउँसोको समयमा हुने गरेको देखिन्छ। यद्यपि मृत्यु हुने दर भने राति हुने दुर्घटनामा बढी रहेको प्रहरीले जनाएको छ। “दिउँसोका दुर्घटना सवारीका सामान्य लापरबाही घटनामा भए पनि रातमा हुने दुर्घटनाहरू चाहीँ मादक पदार्थ सेवन, तीव्र गतिजस्ता कारणले हुने गरेका छन्, त्यस्तोमा मोटरसाइकल कति असुरक्षित सवारी साधन हो भन्ने चालकहरू बिर्सने गर्छन्।

यसमा केही परिहाल्दाको अवस्थामा हेल्मेटबाहेक अन्य सुरक्षाकवच केही हुँदैन। हेल्मेट नै पनि सवै परिस्थितिमा अचुक सुरक्षाकवच होइन।”
सडक छेउमा जथाभावी हुने गरेको पार्किङका कारण पनि समस्या निम्तिने गरेको छ । बाटोछेउ जथाभावी रोकेर राखिएका सवारीसाधनमा ठोक्किएर उल्लेख्य सङ्ख्यामा घातक दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ ।

अर्को दुर्घटनाको मुख्य कारण अपरिपक्व उमेर पनि छ । हाल १६ वर्ष उमेर पूरा भएपछि मोटरसाइकल तथा स्कूटरजस्ता दुईपाङ्ग्रे सवारीसाधन चलाउन अनुमतिपत्र पाइने व्यवस्था छ। सवारी तथा यातायात ऐनमा दुईपाङ्ग्रे साधनको लाइसन्स लिन उमेर बढाएर १८ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गर्न मस्यौदा प्रस्ताव गरिएको छ। कम उमेर समूहका किशोर तथा युवाहरूले चलाएका साधनको दुर्घटना दर बढेको हुँदा यसलाई पुनर्बिचार गर्नुपर्ने देखिन्छ ।

सडक दुर्घटना न्यूनीकरण कार्यका लागि हातेमालो गरौ ।
दुर्घटना हुनबाट बचौ र बचाऔ ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?