गोरखाको विकास र समस्या समाधानका लागि काम गर्ने :गृहमन्त्री गुरुङ

समाचार सारांश
Auto Generated by AI
  • गृहमन्त्री सुधन गुरुङले गोरखाका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
  • बुद्धिजीवी र व्यवसायीहरूले विकास, कृषि बजारीकरण र पर्यटनका चुनौतीबारे ध्यानाकर्षण गराएका थिए।
  • मन्त्री गुरुङले गोरखाको विकास र नागरिकका अपेक्षा पूरा गर्न आवश्यक पहल गर्ने बताएका छन्।

काठमाडौ -गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लामा रहेका विद्यमान समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Workplace

काठमाडौँमा आयोजित गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

- Advertisement -Workplace

अन्तर्क्रियाका क्रममा सहभागीहरूले जिल्लाको विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

गोरखा पूर्वाधार विकासमा पछाडि परेको र प्रचुर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सरकारले पर्याप्त चासो नदिएको उनीहरूको गुनासो थियो। साथै, नेपाली किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपजले उचित बजार र मूल्य नपाएको विषय उठाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन र बजारीकरणमा ठोस पहल गर्न आग्रह गरेका थिए।

यसैगरी, व्यवसायीहरूले जिल्लामा आर्थिक गतिविधि विस्तार गर्न र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न व्यावसायिक वातावरण सुधार हुनुपर्नेमा जोड दिए।

सहभागीहरूले गोरखावासीलाई भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व चाहिएको धारणा राखेका थिए।

सहभागीका गुनासा र सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए।

गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने स्पष्ट पारे।

यसैबीच, केही साताअघि बूढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएकामा सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए।

विपद्का कारण प्रभावित बनेको आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्
।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?