
- नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।
- छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौ – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ।


मूल्यमा गिरावट आएसँगै आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि तोलामा १७५ रुपैयाँले कमी आएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको थियो
।
