ओरालो लाग्यो सुन : २० हजार ५०० ले घट्यो

काठमाडौ – स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको हो।

हिजो (बिहीबार) प्रति तोला सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ रहेकोमा आज (शुक्रबार) तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसरी सुनको मूल्य एकै दिन २० हजार ५०० रुपैयाँ घटेको छ।

यसैगरी, हिजो प्रति तोला चाँदी सात हजार ५०५ रुपैयाँ रहेकोमा आज सात हजार ६५ रुपैयाँ झरेको छ। चाँदीको मूल्य ४४० रुपैयाँ घटेको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?