बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव: देशका धेरै स्थानमा वर्षा र हिमपात

समाचार सारांश
Auto Generated by AI
  • बंगालको खाडीको चक्रवातका कारण नेपालका अधिकांश भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
  • आज दिनभर मौसम यस्तै रहने र साँझदेखि पूर्वी क्षेत्रमा भारी वर्षाको जोखिम बढेको छ।
  • निरन्तरको वर्षालाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौ -बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण हाल नेपालका अधिकांश भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

Workplace

पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

- Advertisement -Workplace

मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबार रातिदेखि नै कोशीदेखि बागमती प्रदेशसम्मका अधिकांश स्थानमा एकनासको हल्का वर्षा जारी छ।

त्यस्तै, मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागहरूमा पनि वर्षा सुरु भएको छ।

आज दिनभरजसो मौसम यस्तै रहने र वर्षा निरन्तर हुने सम्भावना छ।

मौसमविद् पोखरेलका अनुसार अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भू-भागमा भारी वर्षाको जोखिम रहेको छ। विशेषगरी रातिको समयमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टाको अवधिमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा २० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। काठमाडौँ उपत्यका लगायत अन्य विभिन्न स्थानहरूमा पनि रातिदेखि नै लगातार झरी परिरहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?