अर्घाखाँचीमा तीन पत्रकार सम्मानित, कान्तिपुरकर्मी केसीलाई ‘प्रकाश स्मृति पत्रकारिता पुरस्कार’

लुम्बिनी अर्घाखाँची— प्रेस स्वतन्त्रता र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै प्रेस चौतारी नेपाल अर्घाखाँचीले कान्तिपुरका पत्रकार वीरेन्द्र केसीलाई ‘प्रकाश स्मृति पत्रकारिता पुरस्कार–२०८१’ द्वारा सम्मान गरेको छ।

Workplace

बिहीबार सन्धिखर्कमा सम्पन्न सातौं जिल्ला अधिवेशनका अवसरमा चौतारीले केसीलाई पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै सूचना तथा सञ्चारमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पुरस्कृत गरेको छ । प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष वसन्त श्रेष्ठले केसीको निडर पत्रकारिता र सत्य तथ्य समाचार प्रवाहका लागि उनको भूमिका सराहनीय रहेको  उक्त कार्यक्रममा बताएका हुन ।

उक्त अवसरमा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पीताम्बर भुसालले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्वअध्यक्ष शोभाखर पन्थी र सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरेलाई पनि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर र  सम्मानस्वरूप पुरस्कृत गरेका थिए

सञ्चार क्षेत्रको मजबूती र जिम्मेवार पत्रकारिताका लागि निरन्तर योगदान पुर्‍याउँदै आएका यी पत्रकारहरूलाई सम्मान गर्नु जिल्लाको पत्रकारिता जगतका लागि प्रेरणादायी भएको चौतारीका पदाधिकारीहरूले बताएका छन् ।

चौतारीका अध्यक्ष बसन्त श्रेष्ठ  को अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालको प्रमुख आथित्यतामा उक्त कार्यक्रम   समपन्न गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा अर्घाखाँची र प्रदेशमा आवद्ध धेरै जाना  सन्चारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?