चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • पश्चिमी वायु र चक्रवात अर्नबको प्रभावले आज देशभर बदली रहनेछ।
  • कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
  • अन्य प्रदेशका थोरै भूभागमा पनि चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

काठमाडौ -जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव रहेको जनाएको छ।

Workplace

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादलों लाग्नेछ।

- Advertisement -Workplace

यस क्रममा कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम किसिमको वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादली रहनेछ। यस दौरान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको आङ्कलन गरिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा समेत भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?