
- सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एनपीएलको औपचारिक उद्घाटन गरियो।
- प्रतियोगितामा आठ टोली सहभागी छन् र यो मङ्सिर ५ गतेसम्म चल्नेछ।
काठमाडौ -तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा ८७ रन बनाउँदा सबै विकेट गुमायाे ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको उद्घाटन गर्नुभयो । मैदानमा प्रधानमन्त्री शाहले अम्पायरलाई बल प्रदान गरेसँगै एनपीएलको औपचारिक उद्घाटन भएको हो ।
पहिलो पटक डीआरएसको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।
