काठमाडौं, – पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा “दुर्गा प्रसाई पक्राउ” भनी फैलिएको समाचारप्रति नेपाल प्रहरीले ध्यानाकर्षण जनाउँदै सो विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि नभएको स्पष्ट पारेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ कि केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दुर्गा प्रसाई पक्राउ परेको भनी प्रकाशित-प्रसारित समाचारप्रति प्रहरीको गम्भीर ध्यान गएको छ। यस्ता समाचार हालसम्म प्रमाणित नभएको उल्लेख गर्दै नेपाल प्रहरीले हालैका दिनमा घटेका विभिन्न घटनाहरूको सिलसिलामा अनुसन्धान भइरहेको जनाएको छ।
केही बेर पोहिला विभिन्न मिडियाले दुर्गा प्रसाईं असाम बाट पक्राउ भने खबर सम्प्रेषण पोछी प्रहरीले यो विज्ञप्ति जारी गरेको छ केही बेर पोहिला नेपाल खोज खबरले समेत विभिन्न स्रोतका आधारमा समाचार राखेको थियो प्रहरी भन्छ थाहा छैन मिडिया भन्छ्न पक्राउ परे तर गोप्य सुचना स्रोतका अनुसार उनी पक्राउ परेको बताइएको छ ।
