icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

काभ्रेपलाञ्चोकमा एचपीभी खोप अभियान: १६ हजार छात्रालाई क्यान्सरबाट बचाउने लक्ष्य

काभ्रेपलाञ्चोक, १५ माघ – राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्मका १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर (एचपीभी) विरुद्धको खोप दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जनाएको अनुसार, एचपीभी खोपको तयारी अन्तिम चरणमा पुगेको छ र आवश्यक खोप जिल्लामा उपलब्ध छ।

Workplace

यस खोप कार्यक्रमको उद्देश्य १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) बाट बचाउनु हो। आगामी माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी अभियान अन्तरगत काभ्रेपलाञ्चोक जिल्लामा दुई चरणमा खोप लगाइने छ।

सम्पूर्ण जिल्लाका २५२ सामुदायिक विद्यालय र ८४ निजी विद्यालयका छात्राहरूसम्म खोप पुग्नेछ। यस कार्यक्रममा कक्षा ६ का ३,८६६, कक्षा ७ का ३,०३३, कक्षा ८ का ३,००१, कक्षा ९ का २,९८७ र कक्षा १० का २,७९९ विद्यार्थीलाई खोप लगाइनेछ। विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २,४९ किशोरीलाई पनि खोप दिइने तयारी गरिएको छ।

स्थानीय तहमा खोप कार्यक्रम सञ्चालनका लागि तथ्याङ्क सङ्कलन पूरा भएको र खोप वितरणको व्यवस्था गरिएको छ। खोप कार्यक्रमलाई व्यवस्थापन गर्न स्थानीय स्तरमा विद्यालयमा खोप केन्द्र स्थापना गरिने भएको छ। पहिलो चरणको खोप कार्यक्रम नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा सञ्चालन हुनेछ, भने दोस्रो चरणको अन्तिममा अन्य स्थानीय तहमा खोप लगाइनेछ।

स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर लाग्ने गर्दछ र यसमध्ये एक हजार तीन सय महिलाको मृत्यु हुने गरेको छ। एचपीभी खोपले यस रोगबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्ष गरिएको छ।

सम्पूर्ण खोप कार्यक्रमको उद्देश्य क्यान्सरको जोखिमलाई कम गर्न र १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सुरक्षित राख्नका लागि सरकारको प्रतिबद्धता देखाउनु हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?