विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति

समाचार सारांश
Auto Generated by AI
  • सांसद खगेन्द्र सुनारले आफू विरुद्धको विवादित अडियोमा आफ्नो आवाज नभएको दाबी गर्दै अनुशासन आयोगमा लिखित इन्कारी पत्र बुझाएका छन्।
  • सुनारले उक्त अडियो एआई प्रविधि प्रयोग गरी षड्यन्त्रपूर्वक बनाइएको आरोप लगाएका छन्।
  • रास्वपाको छानबिन समितिले अडियोको प्राविधिक परीक्षण सुरु गरेको छ र अनुसन्धान नसकिउन्जेल उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्।

Workplace

सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि पार्टीको अनुशासन आयोगले गठन गरेको छानबिन समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ। समितिका संयोजक तथा अनुशासन आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले लिखित पत्रमार्फत अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका छन्। पत्रमा सामाजिक सञ्जालमार्फत यसअघि सार्वजनिक गरेका धारणासमेत समेटिएको उनले बताएका छन्।

- Advertisement -Workplace

विवादित अडियो सार्वजनिक भएपछि सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको जिकिर छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोप झुटा भएको र प्रविधिको प्रयोग गरेर आफूविरुद्ध प्रचार गरिएको दाबी गरेका थिए।

सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले स्वतन्त्र प्रमाण जुटाउने प्रक्रिया अघि बढाएको छ। समितिले अडियो प्रसारण गरेको जनआस्था पत्रिकाबाट सम्पादन गर्नुअघिको अडियो प्राप्त गरेको छ। त्यस्तै, पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्यूज २४ लाई पत्राचार गरिएको संयोजक भट्टराईले जानकारी दिएका छन्।

समितिले प्राप्त अडियोको आन्तरिक रूपमा परीक्षण गर्ने र आवश्यक परे सम्बन्धित निकायमार्फत प्राविधिक जाँच गराउने तयारी गरेको छ। प्राविधिक परीक्षणपछि सुनारसँग सोधपुछ गरिने भट्टराईले बताएका छन्। परीक्षणमा लाग्ने समयका कारण अनुसन्धान पूरा हुन केही ढिलाइ हुन सक्ने उनको भनाइ छ।

सुनारको लिखित इन्कारी र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण अनुसन्धान थप जटिल बनेको समितिको भनाइ छ। यद्यपि, प्राविधिक परीक्षणसहित आवश्यक प्रक्रिया पूरा गरेर छानबिनलाई छिट्टै टुंग्याउने प्रयास भइरहेको जनाइएको छ।

विवादित अडियो सार्वजनिक भएलगत्तै रास्वपाले घटनाबारे चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो। छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?