रवि लामिछानेमाथि राज्यको प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान मलेसियामा समेत व्यापक

 

Workplace

दिनेश खत्री 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको राज्यपक्षीय प्रतिशोधका विरुद्ध देश–विदेशमा जनताको हस्ताक्षर अभियान तीव्र रुपमा अघि बढिरहेको छ।

 

अभियानले अब प्रवासी नेपाली श्रमिकबीच समेत उल्लेखनीय समर्थन पाउन थालेको छ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूबीच पनि यो अभियानले ठूलो उत्साह सिर्जना गरेको छ। त्यहाँका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूबाट हालसम्म १०० जनाले अभियानमा हस्ताक्षर गरेका छन्।

उनीहरूले रवि लामिछानेमाथि राज्य संयन्त्रमार्फत गरिएको राजनीति प्रेरित कारबाहीको विरोध गर्दै अभियानमा ऐक्यबद्धता जनाएका हुन्।

हस्ताक्षर गर्ने श्रमिकहरूले “हामी परदेशमा श्रम गरेर देशका लागि रेमिट्यान्स पठाइरहेका छौं।

देशका लागि सोच्ने नेताहरूलाई यसरी राज्यद्वारा निशाना बनाउनु अन्याय हो। हाम्रो समर्थन न्यायको पक्षमा छ।”

यो अभियान अहिले सामाजिक सञ्जालमार्फत र भौतिक रूपमा हस्ताक्षर संकलन गर्दै देशका विभिन्न जिल्ला र प्रवासी नेपाली समुदायमा फैलिँदै गएको छ।

अभियानकर्मीहरूका अनुसार यो आन्दोलन कुनै राजनीतिक दलको हैन, न्याय र स्वतन्त्रताको पक्षमा जनताको आवाज हो।

रवि लामिछानेमाथिको पछिल्लो राजनीतिक तथा कानुनी घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सर्वसाधारण नागरिक, युवाहरू, तथा प्रवासी नेपालीहरू समेत आवाज उठाउन थालेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?