दिल्ली NCR मा प्रवासी नेपाली सम्पर्क मञ्चको नयाँ नेतृत्व घोषणा, रमेश बस्नेत प्रमुखमा चयन

समाचार सारांश
Auto Generated by AI
  • प्रवासी नेपाली सम्पर्क मञ्चले भारतको दिल्ली NCR मा रमेश बस्नेतको नेतृत्वमा २९ सदस्यीय नयाँ राज्य कार्यकारी समिति गठन गरेको छ।
  • दिल्लीमा आयोजित विशेष समारोहमा दसैँ मिलन तथा शुभकामना आदानप्रदानका साथै संगठनका अग्रजहरूलाई सम्मान समेत गरिएको छ।
  • नयाँ समितिले प्रवासी नेपालीहरूको हकहित संरक्षण, आपसी एकता, सामाजिक सशक्तीकरण र संगठनात्मक विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ।

अर्जुन थापा नयाँ दिल्ली। प्रवासी नेपालीहरूको हकहित संरक्षण, संगठनात्मक एकता र सामाजिक सशक्तीकरणलाई मुख्य उद्देश्य बनाउँदै आएको प्रवासी नेपाली सम्पर्क मञ्चले  भारतको दिल्ली NCR राज्य समिति घोषणा गरिएको छ। दक्षिण दिल्लीको मूलचन्दस्थित लाजपत भवनमा आइतबार, ११ अक्टोबर २०२६ (२०८३ साल असोज २५ गते) आयोजित विशेष समारोहमा नयाँ राज्य समिति घोषणा गर्नुका साथै दसैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Workplace

‘विविधतामा एकता, प्रवासी नेपाली सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रवास विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य मनिष झाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सभापतित्व प्रवासी नेपाली सम्पर्क मञ्च भारतका प्रमुख इन्जिनियर अर्जुन भण्डारीले गर्नुभएको थियो।

- Advertisement -Workplace

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोषराज जोशी, प्रवासी नेपाली सम्पर्क मञ्च भारतका संस्थापक सभापति सुभाष पन्थी, केन्द्रीय महामन्त्री श्याम कार्कीलगायत केन्द्रीय समितिका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, दिल्ली NCR अन्तर्गतका १३ वटा नगर समितिका प्रतिनिधि तथा सदस्यहरू, विभिन्न संघसंस्थामा आबद्ध व्यक्तित्व, बुद्धिजीवी, पत्रकार, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले भारतमा बसोबास गर्दै आएका नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको सहभागीहरूको विश्वास छ।
रमेश बस्नेतको नेतृत्वमा २९ सदस्यीय राज्य कार्यकारी समिति
कार्यक्रममार्फत रमेश बस्नेतको प्रमुखत्वमा २९ सदस्यीय दिल्ली NCR राज्य कार्यकारी समिति घोषणा गरिएको छ। समितिको उपप्रमुखमा प्रकाश बोहरा र महिला उपप्रमुखमा मिना बस्नेत चयन हुनुभएको छ।त्यसैगरी, महामन्त्रीमा तेजराम न्यौपाने, सहमहामन्त्रीमा लोकप्रसाद ढकाल र शेरबहादुर विश्वकर्मा, कोषाध्यक्षमा रोशन साह, सहकोषाध्यक्षमा कृष्ण बिक तथा प्रवक्तामा घनश्याम पुरी चयन हुनुभएको छ।

समितिका सदस्यहरूमा सन्तोष थापा, अनिल बुढा, दीपक कुमार बिक, पदम बस्नेत, कमल चदारा, बालगिरी चदारा, कुमारदेव खत्री, अनमोल उपाध्याय, टेकेन्द्र साँवद, ज्ञानबहादुर कडायत, जानकी कडायत, गुणानिधि गैरे, विष्णु केसी, रामकुमार परियार, विजय भुसाल, जुना राना, गीता आचार्य, अस्मिता पाण्डेय, सङ्गीता खनाल र गीता ओखेडा रहनुभएको छ।

विभागीय जिम्मेवारी पनि घोषणा = राज्य समितिअन्तर्गत महिला विभाग प्रमुखमा कल्पना बुढा, क्यूआरटी (QRT) विभाग प्रमुखमा रमेश बुढाथोकी र सांस्कृतिक विभाग प्रमुखमा गणेश खड्कालाई जिम्मेवारी दिइएको छ। त्यस्तै, संगठनलाई आवश्यक मार्गदर्शन, सुझाव तथा परामर्श उपलब्ध गराउने उद्देश्यले सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिमा राम नेपाल, राजेन्द्र रोकाया, राजेन्द्र घिमिरे, लोकनाथ भण्डारी, दुर्गा देव सुवेदी र सीए गोविन्द भट्टराई रहनुभएको छ।

संगठन निर्माणमा योगदान पुर्‍याउने अग्रजप्रति सम्मान
कार्यक्रमका क्रममा संगठनको जग बसाल्न तथा दिल्लीमा यसको विस्तार गर्न सुरुवाती नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरूको योगदानप्रति विशेष आभार व्यक्त गरिएको थियो।
दिल्लीमा संगठन निर्माणको प्रारम्भिक चरणमा भूमिका निर्वाह गर्नुभएका राजेन्द्र रोकाया, पूर्व दिल्ली संयोजक राम नेपाल तथा पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणमा सक्रिय महेश  बेलबासेप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरिएको हो।
संगठनको वर्तमान अवस्थासम्म आइपुग्न अग्रजहरूको नेतृत्व, निरन्तर प्रयास, समर्पण र सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उहाँहरूको अनुभव र मार्गदर्शनले संगठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसका साथै, कार्यक्रम सफल बनाउन समय, श्रम, आर्थिक, भौतिक, नैतिक तथा संगठनात्मक सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व, सहयोगी, शुभेच्छुक तथा सहभागीहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

प्रवासी नेपालीको हकहित संरक्षण मुख्य प्राथमिकतामा रहेको बताइएको छ नयाँ राज्य समितिले भारतमा बसोबास गर्ने नेपालीहरूको हकहित संरक्षण, अधिकारको सुनिश्चितता, आपसी एकता, सामाजिक सद्भाव र संगठन विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ।

प्रवासमा रहेका नेपालीहरूले भोग्नुपर्ने विभिन्न समस्या, आवश्यकता र अधिकारसँग सम्बन्धित विषयमा जिम्मेवार ढङ्गले काम गर्ने प्रतिबद्धता समितिले व्यक्त गरेको छ। साथै, भाषा, संस्कृति, परम्परा र मातृभूमिप्रतिको भावनालाई साझा सम्पत्तिका रूपमा आत्मसात् गर्दै जात, क्षेत्र, भाषा, वर्ग वा अन्य कुनै पनि आधारमा विभेद नगरी समान सम्मान र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। दिल्ली NCR अन्तर्गत रहेका विभिन्न नगर समितिबीच समन्वय बढाउने, संगठनको पहुँच विस्तार गर्ने तथा प्रवासी नेपालीहरूलाई साझा अभियानमा जोड्ने लक्ष्य पनि समितिले अघि सारेको छ।

कलाकारको टिम
कलाकार टिम 

आयोजकका अनुसार प्रवासी नेपाली सम्पर्क मञ्च कुनै एक व्यक्ति वा समूहको मात्र नभई सबै प्रवासी नेपालीको साझा संस्था हो। त्यसैले संगठनको दीर्घकालीन सफलता र सुदृढीकरणका लागि सबैको साथ, सहयोग, रचनात्मक सुझाव र सक्रिय सहभागिता आवश्यक रहेको बताइएको थियो ।

राज्य समिति घोषणा कार्यक्रमसँगै आयोजित दसैँ मिलन तथा शुभकामना आदानप्रदान समारोहले नेपालीहरूको महान् पर्व दसैँको अवसरमा आपसी भेटघाट, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको छ।
विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई जोगाइराख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। नयाँ नेतृत्व र विभागीय जिम्मेवारी घोषणासँगै दिल्ली NCR मा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्रवासी नेपालीहरूको साझा आवाजलाई सशक्त बनाउँदै उनीहरूका समस्या तथा सरोकारका विषयमा संगठित रूपमा अघि बढ्नु नयाँ समितिका लागि महत्त्वपूर्ण जिम्मेवारी रहेको अनुमान गर्न सकिन्छ ।

साथै उक्त कार्यक्रममा  कलाकार भाईबहिनी हरुले समेत आफ्नो नृत्य प्रस्तुत गरेका थिए  एकता हाम्रो शक्ति, सहकार्य हाम्रो आधार र प्रवासी   नेपालीको सशक्तीकरण हाम्रो साझा लक्ष्य भन्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?