गैरआवासीय नेपालीको अधिकार सुनिश्चितताका लागि संघको पहल: सभामुखसँग भेटवार्ता

काठमाडौ = गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार राति प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको छ। उक्त भेटमा संघले गैरआवासीय नेपालीका संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूको कार्यान्वयनका लागि सरकारले ल्याउन लागेको विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह  समेत गरेको  छ।

Workplace

अध्यक्ष डा. केसीले संविधानतः गैरआवासीय नेपालीलाई प्रदान गरिएका अधिकारहरू कार्यान्वयन गर्न संसदमा दर्जनभन्दा बढी विधेयक पेस गर्न सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै ती विधेयकलाई समयमै पारित गरी गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए  उनले भने, “संविधानले दिएको अधिकारको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न सरकार र संसदले प्राथमिकता दिनुपर्छ।”

- Advertisement -Workplace

सभामुख घिमिरेले गैरआवासीय नेपाली संघद्वारा उठाइएका विषयहरूको गहन अध्ययन गर्ने र सहजीकरण तथा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत  जनाएका छ्न ।

भेटका क्रममा अध्यक्ष केसीले संघको आगामी अक्टोबर ११ देखि १४ सम्म आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका तयारीबारे पनि जानकारी गराएका थिए ।

प्रतिनिधिमण्डलमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई र सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत उक्त भेटमा सहभागी थिए।

उक्त पहलले गैरआवासीय नेपालीहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनलाई थप सुदृढ गर्ने मद्दत पुराउने अनुमानित आँकलन गर्न सकिन्छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?