
- एसियाली खेलकुद क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।
- निर्धारित १५ ओभरमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो।
- सन्दीप जोरा र लोकेस बमले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट प्रदर्शन गरे।
जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।

निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा नेपालले १४९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोरा र लोकेस बमले उत्कृष्ट अर्धशतकीय पारी खेले।
सन्दीप जोराले ३२ बलमा ५७ र लोकेस बमले २२ बलमा ५२ रन बनाए। आशिफ शेखले २१ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
