icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

भारतको उत्तराखण्डमा बन्दी बनाइएका ३५ जना नेपाली युवा उद्दार

अर्जुन थापा नयाँ दिल्ली, असार ८– भारतको उत्तराखण्ड राज्यस्थित काशीपुर भन्ने ठाउँमा नेपाली युवाहरूलाई बन्दी बनाई जबर्जस्ती श्रम गराउँदै आएको सूचना पाएपछि नेपाली राजदूतावास, नयाँ दिल्लीको पहलमा उनीहरूको सफलतापूर्वक उद्दार गरिएको छ।

Workplace

राजदूतावासले दिएको जानकारीअनुसार, नेपालका विभिन्न जिल्लाबाट भारतको उत्तराखण्ड लगिएका ती नेपाली युवाहरूलाई कपटपूर्वक रोजगारीको प्रलोभन देखाई जबर्जस्ती श्रमिकको रुपमा काममा लगाइएको थियो। यसबारे प्राप्त गुनासोको आधारमा राजदूतावासले तत्काल परराष्ट्र मन्त्रालयको निर्देशनमा उत्तराखण्ड प्रहरीले “किन इण्डिया” (Kin India) नामक सामाजिक संस्थाको सहकार्यमा   उनीहरूको उद्दार गरेको हो।

राजदूतावासले उद्दार गरिएका व्यक्तिहरूमध्ये केही नेपाली नागरिकको पहिचान भइसकेको र बाँकी युवाहरूको खोज तथा उद्दार कार्य जारी रहेको जनाएको छ। साथै, उद्दारमा परेका नेपालीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी चाँडै नेपाल पठाउने तयारी भइरहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार  ३५ नेपाली युवालाई कुटपिट गरेर र डरधम्की देखाएर तीनवटा कोठामा राखिएको थियो । उद्यमसिंह नगरका जिल्ला पुलिस अधीक्षक (एसपी) उत्तमसिंह नेगीले नेपाली नागरिकलाई बन्धक बनाएर राखिएको सूचना आफू हरु लाई आएपछि उद्धार गरिएको बताएका छ्न  । यस आपराधिक कार्यमा नेपाली नागरिककै संलग्नता देखिएको समेत उनले बताए । ‘हामीले केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले  भने । उद्यमसिंह नगर प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार त्यस घटनामा संलग्न देखिएका धनगढीका वीरेन्द्र शाही र अन्य दुई भारतीय नागरिकलाई पक्राउ समेत  गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?