नेपाल निजामती कर्मचारी संगठन” मालारानी गाउँपालिकाले ११ सुत्रीय मागहरु राख्दै गाउँपालिकालाई ध्यानाकर्षण गरायो

अनिल नेपाली

Workplace

नेपाल निजामती कर्मचारी संगठन” मालारानी गाउँपालिकाले ११ सुत्रीय मागहरु राख्दै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ ।
सङ्गठनले सूचना पार्टीलाई कार्यालयको बाहिर पट्टी २४ सै घण्टा सर्वसाधारणले हेर्न मिल्ने गरी व्यवस्थापन गर्नुपर्ने, अपाङ्ग,बालवालिका तथा ज्येष्ठ नागरिक मैत्री हुने गरी कार्यालयमा सेवा प्रवाह तथा शौचालयको व्यवस्थापन हुनुपर्ने , कार्यालयमा चार पाङ्ग्रे तथा दुइपाङ्ग्रे सवारी साधनहरुको व्यवस्थापनको लागि निश्चित पार्किङस्थलको व्यवस्था हुनुपर्ने, कर्मचारीहरुको कार्यक्षमता वृद्धि गर्न क्षमता अभिवृद्धि तालिम संचालन गर्ने तथा कार्यसम्पादन मुल्याङ्कन गरी पुरस्कार तथा दण्डको व्यवस्था गर्नुपर्ने, सेवाग्राहीलाई कार्यालयमा लाग्ने समयमा वसाइ तथा समय व्यतीत गर्नको लागि उचित किसिमको व्यवस्था गर्नुपर्ने, विहान उपस्थित भइसके पश्चात १०.०० बजे देखि ५ मिनेटको समय राष्ट्रियगान बजाइ सो को सम्मान तथा प्रार्थना गर्ने व्यवस्था मिलाउनु पर्ने, मालारानी गाउँपालिको कार्यालय तथा मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रदेश स्थानीय निजामति सेवा ऐन, २०८१ बमोजिम सामाजिक सुरक्षा कोषमा यथाशिघ्र आवद्ध गराउने व्यवस्था गर्नु पर्ने जस्ता मागहरू राखेको छ ।यस्तै कार्यालयमा हेल्प डेष्क स्थापना गरी सेवाग्राहीहरुलाई सहज र शुलभ ढङ्गबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने जसले गर्दा सेवाग्राहीहरुलाई शाखागत समन्वय, निवेदन लेखन जस्ता अन्य कार्यहरुमा सहज हुने अपेक्षा लिइएको सङ्गठनले लिएको जनाएको छ ।त्यो बाहेक जनप्रतिनिधि र कर्मचारीहरुबीच सुमधुर सम्बन्ध, सेवा प्रवाहमा सहजता ल्याउनको लागि करिब चौमासिक रुपमा अन्तरक्रियात्मक कार्यक्रमको व्यवस्था गर्नु पर्ने, यस कार्यालयको प्रत्येक तल्लामा शुद्ध पिउने पानीको व्यवस्थापन सेवाग्राहीहरु समेतको पहुँचमा हुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्ने र गाउँपालिकाको अगुवाईमा छिमेकी स्थानीय तह सँग अन्तरपालिका समन्वय समितिलाई क्रियाशिल गराइ अन्तर पालिका सिमाक्षेत्रका विकासलाई व्यवस्थित गर्नुपर्ने लगायतका मागहरू सहित ध्यानाकर्षण गराएको हो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?