icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

लुम्बिनीमा ९५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुदै

लुम्बिनी – लुम्बिनी प्रदेशमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९५ हजार विद्यार्थी सहभागी हुँदैछन्। प्रदेशभर २०७१ विद्यालय का विद्यार्थीहरूले परीक्षा दिनेछन्। परीक्षाका लागि १६१ परीक्षा केन्द्र तोकिएको छ। परीक्षालाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण बनाउन शिक्षा विभाग, स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालित गरिएको छ ।ब

Workplace

रुपन्देहीमा सबैभन्दा धेरै २२ हजारभन्दा बढी परीक्षार्थी छन्। दाङमा १६ हजार ५ सय, बाँकेमा १० हजार २ सय, कपिलवस्तुमा ८ हजार, पाल्पामा ५ हजार ७ सय, अर्घाखाँचीमा ४ हजार ८ सय, गुल्मीमा ५ हजार ४ सय, रोल्पामा ३ हजार ९ सय, प्यूठानमा ४ हजार, रुकुम (पश्चिम) मा २ हजार ९ सय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ९ हजार ७ सय परीक्षार्थी परीक्षा दिँदैछन्।

परीक्षा व्यवस्थित गर्न ६ हजारभन्दा बढी कर्मचारी खटाइएको छ । परीक्षा निष्पक्ष राख्न अनुगमन टोली परिचालन गरिने छ भने परीक्षा केन्द्रमा कडा सुरक्षा व्यवस्था अपनाइनेछ। शिक्षा विभागले परीक्षा केन्द्रहरूमा निगरानी बढाउनेछ र कुनै पनि अनियमितता हुन नदिन विशेष निगरानी राखिएको बताएको छ ।

यसरी यस वर्ष लुम्बिनी प्रदेशका ९५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्, जसलाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउने लक्ष्य राखिएको परिक्षा बोर्डले जनाएको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?