हर्क साम्पाङ लक्षित सुदन किरातीको टिप्पणी – सक्षम नेतृत्वका लागि ७ गुण चाहिन्छ

समाचार सारांश
Auto Generated by AI
  • श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले धनकुटाको कार्यक्रममा अध्यक्ष हर्क साम्पाङ र पुराना दलका शीर्ष नेतृत्वको आलोचना गरेका छन्।
  • पुराना दलहरूले गणतन्त्रलाई पैत्रिक सम्पत्तिजस्तै उपभोग गर्न खोजेकाले नयाँ पुस्ताको ऊर्जासहित नयाمی पार्टी निर्माण गर्नुपरेको उनको भनाइ छ।
  • उनले सक्षम नेतृत्वमा हुनुपर्ने गल्ती स्वीकार गर्ने र पक्षपात नगर्ने जस्ता ७ वटा मुख्य विशेषताहरू समेत उल्लेख गरेका छन्।

काठमाडौ – श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष हर्क साम्पाङसहित अन्य दलहरुका शीर्ष नेतृत्वमाथि आलोचनात्मक टिप्पणी गरेका छन् ।

Workplace

 

किरातीले सक्षम नेतृत्वमा हुनुपर्ने ७ बुँदे मुख्य विशेषता उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो गल्ती र कमजोरी स्वीकार गर्ने, अरूमाथि दोष नथोपर्ने र जिम्मेवारीबाट नपन्छिने खाले नेतृत्व हुन आवश्यक छ ।’

श्रम संस्कृति पार्टीको ‘केचनाकवल सगरमाथा हातेमालो अभियान’ अन्तर्गत धनकुटाको पाख्रीबासमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । किरातीले पुराना पार्टीले पनि आफ्नो विगतको योगदानको मिटरब्याज उठाउन खोज्न नहुने बताए ।

उनले थप भने, ‘पुराना दलले गणतन्त्रलाई पैत्रिक सम्पत्तिको रूपमा उपभोग गर्न खोजे । त्यही भएर नयाँ पार्टी निर्माण गर्नुपर्ने परिस्थिति सृजना भयो ।’

यही कारण अहिले श्रम(संस्कृतिमा नयाँ पुस्ता र नयाँ ऊर्जा ज्वालामुखीको लाभा जस्तै उठेको किरातीको भनाइ छ । नयाँ पुस्ताको त्यो ऊर्जालाई शक्तिमा बदल्न कुशल नेतृत्व आवश्यक रहने उनले बताए । यसका लागि कुशल नेतृत्व निर्माण मूलभूत रूपमा केही गुण चाहिने बताउँदै ७ बुँदे विशेषता उल्लेख गरेका छन् ।

‎किरातीले उल्लेख गरेको ७ बुँदे विशेषता यस्ता छन्ः
‎
१. आफ्नो गल्ती र कमजोरी स्वीकार गर्ने, अरूमाथि दोष नथोपर्ने र जिम्मेवारीबाट नपन्छिने ‎

२. कुरा स्पष्ट रूपमा राख्ने, विषयलाई सरल ढंगले बुझाउन सक्ने र कठिन परिस्थितिमा पनि सबैसँग खुला संवाद गर्ने ‎

३. पार्टीको नीति सफल बनाउन स्पष्ट लक्ष्य, प्रभावकारी योजना र सही दिशा तय गरी त्यसलाई कार्यान्वयनमा लैजान सक्ने

‎४. हरेक काममा अनावश्यक हस्तक्षेप नगर्ने, जिम्मेवारी पाएका सहकर्मीको क्षमता र निर्णयमाथि विश्वास गर्ने ‎

५. व्यक्तिगत निकटता वा रुचिका आधारमा होइन, योग्यता, क्षमता र योगदानका आधारमा अवसर र जिम्मेवारी दिनेः पक्षपात नगर्ने ‎

६. आलोचना र सुझावलाई सहज रूपमा ग्रहण गर्ने, गल्तीबाट सिक्ने र आवश्यक सुधार गर्दै अघि बढ्ने ‎

७. पार्टी पंक्तिलाई उत्साहित र उत्प्रेरित गर्ने, प्रत्येक व्यक्तिको क्षमता पहिचान गरी परिणाममुखी काम गर्न अवसर र प्रेरणा दिने ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?