जेम्स इन्टरनेशनलका विद्यार्थीलाई बीमासम्बन्धी अभिमुखीकरण

समाचार सारांश
Auto Generated by AI
  • नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले विराटनगरमा विद्यार्थी र शिक्षकका लागि बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्यो।
  • कार्यक्रममा बीमाको महत्व, यसका प्रकार र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यबारे विभिन्न प्रस्तुतीकरणहरू गरिए।
  • बीमाले आर्थिक जोखिम न्यूनीकरणमा सघाउने र यो क्षेत्रमा करियरको राम्रो सम्भावना रहेको विषयमा छलफल गरियो।

विराटनगर, असोज ९ — नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Workplace

 

- Advertisement -Workplace

विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र मर्हजनले जानकारी दिनुभयो ।

 

कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व तथा बीमा क्षेत्रका चुनौतीका साथै नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै बीमासम्बन्धी जानकारी समुदायस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा विद्यार्थीका लागि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। महर्जनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा क्षतिबाट हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पु¥याउने बताउनुभयो ।कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झा ले गर्नुभएको थियो ।

उहाँले बीमा गर्दा बीमा लेखका नियम तथा सर्तहरू राम्ररी बुझ्न आग्रह गर्दै बीमा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेकाले विद्यार्थीका लागि यो राम्रो करियर क्षेत्र बन्न सक्ने बताउनुभयो। उहाँले यस्ता चेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?