नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्ने भएका छन्।

Workplace

बिमस्टेक सम्मेलनमा मंगलबार थाइल्यान्डको बैंकक जान लागेका प्रधानमन्त्री ओलीले एआईटीमा सम्बोधन पनि गर्ने भएका हुन्। यसलाई द्विपक्षीय औपचारिक भ्रमणको समेत रुप दिइएको छ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायतावापत् १ लाख अमेरिकी डलर दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। एआईटीले हाल आर्थिक संकट व्यहोरिरहेकाले उक्त रकम दिने निर्णय भएको गुरुङले बताए। उनका अनुसार नेपाल एआईटीको संस्थापकमध्ये एक रहेको र बोर्ड अफ ट्रस्टिजमा पनि भएको कारण उक्त रकम दिन लागिएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?